२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती : अध्यक्ष लिङ्देन

spot_img

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई मत दिनु देशलाई बर्बाद बनाउनु बताएका छन्।

शुक्रबार राप्रपाले काठमाडौंमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले आगामी स्थानीय तह निर्वाचनमा देशका प्रमुख पार्टीहरु कांग्रेस, एमाले र माओवादी केन्द्रलाई मत दिनु गल्ती काम हुने बताएका हुन्। ती पार्टीहरुलाई मत दिनु भनेको देश बिगार्ने काममा आफूपनि सहभागी हुनु भएको उनले उल्लेख गरे।

प्रमुख पार्टीहरुले पटक–पटक मौका पाउँदा खेरीपनि जनताले सम्झनेगरी केही काम गर्न नसकेको भन्दै उनले ती पार्टीहरुलाई मत दिएर देश बर्बाद पार्ने काममा सहभागी नहुन जनताहरुलाई आग्रह गरे।

उनले भने, ‘म कांग्रेस, एमाले, माओवादीको आलोचना गर्न चाहान्न। तपाईंहरुलाई बुझाउनका लागि मात्रै ती पार्टीहरुको नाम लिन चाहान्छु। अब कांग्रेस, एमाले माओवादीलाई कति हेरेपछि यो देश बन्छ होला त ? तिनका पार्टीका प्रधानमन्त्रीलाई कतिपटक प्रधानमन्त्री र कति पटक म्याद थप गरिदियो भने यो देश बन्छ होला त ? अब यिनै पार्टी र यिनै नेतालाई भोट दिएर देश बन्छ भन्नु भनेको यो देश बर्बाद गर्ने काममा सहभागी हुनु हो। यत्रो मौका पाउँदाखेरी देखाएनन्। अब फेरी देखाउँछन् कि भन्ने भुल गर्नु हुँदैन।’

अध्यक्ष लिङ्देनले देश प्रमुख राजनीतिक दलको अघोषित गठबन्धनको शिकार भएको बताए। उनले २०४६ सालपछिको देश पूर्ण रुपले बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको उल्लेख गरे। उनले भने, ‘२०४६ को राजनीतिक परिवर्तनपछि निरन्तर रुपमा यो देश केही सिमित राजनीति दल र तिनका पनि केही सिमित नेताको मुट्ठीमा कैद भएको छ। देश हामीले बुझ्ने गरी भन्ने हो भने कांग्रेस, एमाले, माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ। यो ३१/३२ वर्षमा देश पूर्ण रुपले बरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको छ।’

अध्यक्ष लिङ्देनले बैंकमा पैसाको अभाव भएको उल्लेख गर्दै पैसा काला व्यापारीहरु र विगत ३१ वर्षदेखि देशमा शासन गर्ने नेताहरुको घरमा थन्किएको आरोप लगाए। उनले जनतालाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कैद गरेर र झुक्याएर शासन गरिएको बताए। उनले भने, ‘आज बैंकमा पैसा छैन भनिन्छ। बैंकले लगानी बन्द गरेको छ। ठूल्ठूला चेकहरु साटिदैन भनिन्छ। के हो यो ? के कुराको संकेत हो ? नोट कहाँ गयो होला ? नोट बैंकमा नहुनुको अर्थ कहाँ गयो होला ? मान्छेहरु भन्छन्, जान्नेहरु भन्छन्, नोट काला व्यापारीहरु र ३१ वर्षदेखि यो देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा जनतालाई कैद गरेर, झुक्याएर, शासन गर्ने नेताहरुको घरमा थन्किएको छ भनेर भन्छन्। नत्रभने कहाँ गयो नोट र बैंकमा छैन ? किन बैंकले लगानी गर्न सक्दैन ? यो सामान्य स्थिति होइन।’

उनले विद्यमान पार्टीहरुलाई मत दिएर यो देश बन्छ भन्नु र साढेको टाङमुनि बाल्टी थापेर दुधको आशा गर्नु उस्तै भएको टिप्पणी गरे। उनले तिनै तहको निर्वाचनमा प्रमुख पार्टीको बाकस खालि गरिदिन आह्वान समेत गरे।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले निर्वाचन जितेमा १२ कक्षा सम्मको अध्ययनलाई पूर्ण रुपमा नि:शुल्क बनाउने र भ्रष्ट्राचारमुक्त नेपाल बनाउने पनि बताए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै