२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिन्छ : गृहमन्त्री खाण

spot_img

गुल्मी । गृहमन्त्री बालकृष्ण खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका छन् । गुल्मीमा शुक्रबार गुल्मी चौथो महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री खाणले उद्योगी र व्यवसायीलाई सरकारले सुरक्षा दिने बताएका हुन् ।

“अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी र व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ ।” खाणले भने, “अर्थतन्त्रलाई महोत्सवले गति निर्माण गर्नेछ ।” उनले विकास निर्माणका काममा उद्योगी र व्यवसायीको निरन्तर सहयोग भइरहेको बताए ।

गृहमन्त्री खाणले सबै नागरिकको जीवन रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुने स्पष्ट पारे । निर्वाचन वैशाख ३० मै हुनेमा सबै विश्वस्त हुन आग्रह गर्दै उनले निर्वाचनमा सबै दललाई सहभागी हुन अनुरोध गरे ।

विकास निर्माणका कामले जनताको पनि उन्नति र प्रगति हुने भएकोले राजनीतिक स्थायित्वका लागि सबै दल उत्साहजनक रुपले स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने खाणले बताए । उनले निर्वाचनपछि जनप्रतिनिधिले पनि उत्साहित हुदै काम गर्न निर्देशन दिए । गुल्मीमा उद्योग वाणिज्य संघको आयोजनामा आगामी वैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव तथा प्रादेशिक औद्योगिक व्यापार मेला संचालन हुनेछ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै