अर्घाखाँची । मेगा बैंक नेपाल लिमिटेड जेष्ठ नागरिक मैत्री बनेको छ । अर्घाखाँचीको सन्धिखर्क शाखामा रहेको मेगा बैंक नेपाल लिमिटेडमा शुक्रबार देखि जेष्ठ नागरिकको लागि छुट्टै काउन्टरबाट सेवा दिन लागिएको हो ।
उक्त काउन्टरको एक कार्यक्रमका बिच रिबन काटी ८३ वर्षिय भुमिकास्थानका प्रेम नारायण गैरे र जिवलाल गैरेले उद्घाटन गरेका हुन ।
उनिहरुले मेगा बैंकले जेष्ठ नागरिकको समस्यालाई ध्यान दिएर छुट्टै काउन्टरको व्यवस्था गरेकोमा धन्यवाद दिए ।
जेष्ठ नागरिकको समस्यालाई मध्यनजर गर्दै छुट्टै काउन्टरको व्यवस्था गरिएको मेगा बैंक अर्घाखाँचीका म्यानेजर लक्षमण क्षेत्रीले जानकारी दिए ।
उनले भने ‘हामीले जेष्ठ नागरिकको समस्यालाई ध्यानमा राखेर छुट्टै काउन्टरको व्यवस्था गरेका हौं, सबैजनालाई एउटै काउन्टर बाट सेवा दिदाँ निकै अप्ठयारो भयो विषेशगरी बृद्धाहरु अन्य मान्छे सँग लाइनमा बस्दा उहाँहरुलाइ निकै समस्या भयो अब हामीले कुनै पनि जेष्ठ नागरिकलाई ३/४ मिनेटमै सेवा दिने लक्ष छ’ ।
कार्यक्रममा मेगा बैंकका डाइरेक्टर मुक्ति पाण्डे, लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आविश्कार खनाल, सन्धिखर्क नगरपालिका वडा नम्बर. १ का वडा अध्यक्ष युवराज बञ्जाडे, लक्ष्मि नारायण चुँदाली, दुर्गा भुसाल, रेखा भाट क्षेत्री, बैकका कर्मचाारीहरु, विभिन्न मिडियामा आवद्ध पत्रकार तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।