१४ मंसिर २०८०, बिहीबार
spot_img
१४ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

पाणिनिको कृष्ण मा.वि.का विद्यार्थीहरुलाई टाइफाइड विरुद्धको खोप लगाइयो

spot_img

अर्घाखाँची- पाणिनी-५, मैदानको कृष्ण मा.वि.मा राष्ट्रिय खोप अभियान अन्तर्गत टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम आज सम्पन्न भएको छ। यस खोप कार्यक्रमलाई मैदान स्वास्थ्य चौकीले संयोजन गरेको थियो।

२०७८ चैत्र र २०७९ बैशाख महिनाभित्र एकै चरणमा देशैभर सन्चालन हुने यो खोपका लागि विद्यालयलाइ पनि खोप केन्द्रका रुपमा राखिएको छ। कृष्ण मा.वि. केन्द्रमा १५ महिनादेखि १५ वर्ष मुनिका २८६ जना विद्यार्थीहरुले आज टाइफाइड विरुद्धको खोप लगाएको बताइएको छ। आज छुटेका सम्पूर्ण वालवालिकाहरुलाइ यहि चैत्र २८ गतेका दिन मैदान स्वास्थ्य चौकीमा खोप लगाइने जानकारी मैदान स्वास्थ्य चौकीका इन्चार्ज जगदिश घिमिरेले दिएका छन्।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो। झण्डै ७५ लाख बालबालिकालाई यो खोप दिने सरकारको लक्ष्य रहेको छ। नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ। नेपालले पछिल्लो १० वर्षदेखि खोप लगाउने विषयमा गृहकार्य गर्दै आएको थियो

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै