२ असार २०८१, आईतवार
spot_img
२ असार २०८१, आईतवार
spot_img
spot_img

हिजो एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष आज फेरि माओवादीमै फर्किए

spot_img

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष तथा इन्चार्ज पुन: नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।

अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) ले एक विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा फर्किएको बताएका छन्।

उनी सोमबारमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवास पुगेर पार्टी प्रवेश गरेका थिए।

तर आफूभित्र क्षणिक आक्रोश र आवेगमा आएर राजनीतिक रूपमा गम्भीर गल्ती-कमजोरी हुन गई पुन: पार्टीमा फर्किएको उनले बताए।

मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘र आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णय अनुसार क्रियशील हुन्छु।’

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै