११ असार २०८१, मंगलवार
spot_img
११ असार २०८१, मंगलवार
spot_img
spot_img

प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेसको तयारी अन्तिम चरणमा

spot_img

सन्धिखर्क ।  अर्घाखाँचीमै पहिलोपटक हुन लागेको प्रथम राष्ट्रिय अर्घाखाँची रोडरेस २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।

स्पोर्टस भ्वाईसको आयोजनामा भोली भुमिकास्थान नगरपालिकाको पोखेडाँडामा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको भ्वाईसका अध्यक्ष पृथ्वी थापाले जानकारी दिए ।
अब दौडन्छ अर्घाखाँची नाराका साथ संचालन हुने कार्यक्रमको तयारीको विषयमा जानकारी दिन सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा थापाले २३ गते भुमिकास्थान र २५ गते सन्धिखर्कमा कार्यक्रम हुने जानकारी दिए ।

कार्यक्रम अन्तरगत भोली १० बजे जनताको वाकाथुन र ११ बजे नगरप्रमुख रेशम थापाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रममा जानकारी दिईएको छ । कार्यक्रममा एथलेटिक्स प्रशिक्षक कान्ति महतोले एथलेटिक्सको अन्तराष्ट्रिय मापदण्ड अनुसार प्रतियोगिता सन्चालन हुने जानकारी दिए ।

विभिन्न ईभेन्टमा हुने प्रतियोगितामा प्रथम हुनेहरुले १० हजार, द्वितीय हुनेहरुले ७ हजार र तृतिय हुनेहरुले ५ हजार प्राप्त गर्ने अध्यक्ष थापाले जानकारी दिए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै