अशोक खनाल
सन्धिखर्क । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले ट्रेड युनियनकर्मीलाई कार्यालय समयमा शुशासनका माध्यमबाट राष्ट्र एवं नागरिकको सेवा गर्न र बाँकी समयमा मात्र आफ्ना पेसागत हक अधिकार सहित ट्रेड युनियन अभियानका गतिविधिमा सहभागी भै निजामती सेवालाई मर्यादित एवं व्यवस्थित बनाउन निर्देशन दिएका छन ।
निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन,अर्घाखाँचीद्धारा आयोजित स्वागत कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले जनताबाट समग्र कर्मचारी र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण सुधार्ने जिम्मा सबैको भएको बताए ।
उनले भने,’ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण सुधार्ने जिम्मा तपाई हाम्रो हो, हाम्रो पहिलो शर्त सेवा प्रवाह हो भन्दै अहिले संघीय निजामती ऐन आउने सन्दर्भमा पनि ट्रेड युनियन अधिकारको बारेमा धेरै चर्चा भएको छ ।’
आधिकारिक ट्रेड युनियनले अर्घाखाँची जिल्लामा रचनात्मक क्रियाकलाप गर्दै आएको सुनेर आफु अत्यन्तै खुशी भएको र आगामी दिनमा पनि कर्मचारीहरुको हकहीत र अधिकारको लागि रचनात्मक क्रियाकलापमा आफ्नो सहयोग र समर्थन रहने समेत वचनवद्धता व्यक्त समेत गरे ।