९ माघ २०८१, बुधबार
spot_img
९ माघ २०८१, बुधबार
spot_img

दिलिप तिवारीको नवौ स्मृति दिवसमा विद्यालयमा शैक्षिक सामग्री

spot_img

बुटवल ।  दिलिप तिवारी स्मृति प्रतिष्ठानले बुटवल वडा न १५ स्थित श्री दुर्गा भवानी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयका प्रध्यानाध्यापक रिता थापालाई स्वर्गीय दिलिप तिवारीका बुबा बालकृष्ण तिवारी, आमा डोम कला तिवारी, दाजु नारायण तिवारी, लिला भण्डारी, पुर्ण चन्द्र तिवारी, रामप्रसाद बन्जाडे, ठाकुर प्रसाद आचार्य, कृष्ण अधिकारीले ६५ हजार रकम बराबरको शैक्षिक सामग्री हस्तान्तर गरेका हुन। विद्यालयमा अध्ययरत ७० जना विद्यार्थीहरुलाई खानासमेत खुवाईएको नारायण तिवारीले बताए। अल्पायुमा मृत्यु भएका दिलिपको स्मृतिमा हरेक वर्ष विभिन्न सामाजिक संघसंस्था, विपन्न, गरिबहरुलाई सहयोग गर्दै आएको उनले बताए।

“प्रत्येक वर्ष हामीले सहयोग गर्दै आएका छौ” उनले भने ।
एक जना एमबिबिएस अध्ययरत विद्यार्थीलाई निरन्तर छात्रवृत्ति वितरण, रुपन्देहीका विभिन्न अपाङ आश्रम, वृद्धाश्रममा नगद तथा खाद्यान्न सहयोग गर्दै आएको उनले बताए। ध्रुमुश सुन्तली फाउण्डेसनलाई ६५ हजार रुपैया, मानव सेवा आश्रमलाई २५ हजार रुपैया लगायतको रकम सहयोग गरेको उनले बताए।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै