२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

मुस्लिम धर्मावलम्बीहरुको रमजान पर्व सुरु

spot_img

अर्घाखाँची ।  मुस्लिम समुदायको पवित्र पर्व रमजान सुरु भएको छ । मंगलबारबाट सुरु भएको रमजान एक महिनासम्म चल्नेछ । रमजानमा मुसलमान धर्मावलम्बीहरु उपवास बस्छन् । त्यसलाई ‘रोजा’ भनिन्छ ।

सूर्य उदाउनुभन्दा करिब दुई घण्टाअगाडि केही खानेकुरा खाई रोजा सुरु हुन्छ । सूर्यास्त भइसकेपछि अवतारिक गरी रोजा खोल्नुपर्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ ।

रोजा बस्नेहरुले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तरावीको नमाज पढ्ने गर्छन् ।

यो पनि पढ्नुहोस                                                   पवित्र महिना रमजान स् जीवनमा अल्लाहको आशीर्वाद प्राप्त गर्ने अवसर   ।

अत्यन्त पवित्र आशीर्वाद एवं सौभाग्यले भरिपूर्ण रमजानमा मानिसहरूले अल्लाहप्रति प्रेम एवं समर्पण दर्शाउनुका साथै आफूले आफैंलाई अल्लाहले देखाएको बाटोमा कत्तिको दृढतापूर्वक लाग्न सकिएको छ भनेर जाँच्ने अवसर पनि हो ।

यसकारण रमजानमा अनिवार्य मानिएको रोजा राखेर दिनभरि भोकै(प्यासै रही अल्लाहलाई याद गरी धार्मिक नियमअनुसार चल्नाले स्वयं अल्लाहकै हातबाट आशीर्वाद प्राप्त हुने धार्मिक विश्वास छ ।

रमजानमा तीस दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर सामूहिक रुपमा नमाज पढी इदुलफित्र मनाइन्छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै