२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

अर्घाखाँची: पाणिनिको मैदानमा एमाले पार्टी परित्याग गरि दर्जनौ काङ्ग्रेसमा प्रवेश

spot_img

अर्घाखाँची- अर्घाखाँची जिल्ला पाणिनि-५ अमजामा एमाले पार्टी परित्याग गरि दर्जनौ नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । स्थानीय निर्वाचनको मिति नजिकिदै जादा उनीहरु आफू रहेको पार्टीप्रती तिब्र असन्तुष्टि जनाउदै काङ्ग्रेसमा प्रवेश गरेका हुन्।
अबको निर्वाचनमा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै उनीहरुले देश र जनताको एकमात्र विश्वासिलो पार्टी काङ्ग्रेस नै भएको समेत बताएका छन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै काङ्ग्रेसका जिल्ला सचिब अच्युत गौतमले कांग्रेसमा प्रबेशको लहर जिल्ला भर नै चलेको बताएका छन् । आफुहरुले बिगतमा प्रदेश र संघिय सरकार काङ्ग्रेसको नहुदा पनि स्थानिय सरकारबाट गरेका कामहरु प्रभाबकारी भएको भन्दै अध्यक्ष गौतमले पाणिनीको योजनाबद्ध बिकासको निम्ति काङ्ग्रेस निरन्तर रुपमा लागिरहेको बताए ।

पार्टि प्रबेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता यादब घिमिरेले अब जनताको आशा र भरोसाको पार्टी काङ्ग्रेस हुने भन्दै संबिधान र लोकतन्त्रको रक्षाका लागी सबै जनता फेरी एकपटक प्रतिगामीहरुलाई परास्त पार्न काग्रेसमा आवद्ध हुनुपर्ने बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एवं काङ्ग्रेसकी महिला नेतृ लक्ष्मी गौतमले जनताका माग र आबश्यकताको आधारमा बिकासको कामलाई आफुहरुले अगाडि बढाइरहेको बताइन् । गाउँपालिकाको कामका अबस्था देखेर केही तत्वहरुले गलत भ्रम फैलाउदै हिडेको भन्दै त्यसतर्फ काङ्ग्रेसका कार्यकर्ता सचेत रहनुपर्ने बताइन्।

यसरी प्रबेश गर्नेहरुमा मोतीलाल सुनारी,बिर बहादुर रास्कोटी,इन्द बहादुर रास्कोटी, उमलाल घिमिरे, दलबहादुर रासकोेटी लगायतका प्रबेश गरेको वार्ड सभापति गणेश घिमिरेले बताएका छन् ।

पार्टी प्रबेश कार्यक्रम पाणिनी-५ का वार्ड सभापति गणेश घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो भने तरुण दल पाणिनिका अध्यक्ष लक्ष्मण पाण्डे, अर्जुन पोख्रेल,टोपलाल गैरे लगायतका युवा नेताहरुको उपस्थिति रहेको थियो।

 

 

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (100%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै