७ बैशाख २०८२, आइतवार
spot_img
७ बैशाख २०८२, आइतवार
spot_img

कम्युनिस्टमा ‘केपी बा आइलभ्यु’ हुदैन लाल सलाम हुन्छ :माधवकुमार नेपाल

spot_img

अनिष पन्थी
गुल्मी । नेकपा एकीकृत समाजबादी नेपालका अध्यक्ष माधव कुमार नेपालले कम्युनिस्टमा’ केपी बा आइलभ्यु’ नभैइ लाल सलाम कमरेड हुने बताएका छन ।

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजबादी गुल्मीले गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा यस्तो बताएका हुन ।

केपी ओलिको पाटी सबै प्रदेश बाट धुलो पिठो हुँदै गएको बताउदै एमाले सबैभन्दा तल भुइँमा पछारिएको आरोप लगाएका छन ।

केपी ओलिको नेतृत्वमा बनेको सरकार केन्द्र प्रदेश बाट हराइसकेको बताउँदै अबको निर्वाचनमा एमालेलाइ धुलो चटाउने बताएका छन ।यदि अबको निर्वाचनमा पनि एमालेलाइ भोट दिए एमालेले देश र जनतालाइ फेरि दुख दिने बताएका छन ।

सबै मिले एकीकृत समाजबादी पाटिको जित हुने बताउदै चुनावको तयारीमा लाग्न आग्रह गरेका छन ।चुनावको लागि सबैको साथ र सहयोग लिएर अगाडि बढन आग्रह समेत गरेका छन ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको अंहकारी सोचका कारण सातै प्रदेशमा एमालेमाथि सूर्य ग्रहण लागेको आरोप समेत लगाएका छन ।

गुल्मीमा एमालेलाई जित्न नदिने बताउँदै ३० गत्व हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई केही दिन जिल्लामा बसेर काम गर्न अध्यक्ष नेपालले निर्देशन समेत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै