आज मिति २०७८ साल चैत्र १३ गते आइतबार। सन् २०२२ मार्च २६ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। चैत्र कृष्णपक्ष दशमी । उत्तरषाढा नक्षत्र। शिब योग। वणिज करण। मकर राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.००, सुर्यास्त: साँझ ०६.१८ बजे।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने छ। प्रेममा सफलता हात लाग्ला।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक तथा राजनितिक क्षेत्रमा विभिन्न लान्छना आउलान। आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।आर्थिक क्षति व्यहोर्नुपर्ने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पढाई लेखाईमा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा सफलता प्राप्त हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्यशैलीको सबैले प्रशंसा गर्नेछन् ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको साथ र सहयोग पाइने हुनाले नया काम गर्ने अवसर आउनेछ । छोटो दुरिको रमाइलो यात्रा होला।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक काममा विभिन्न किसिमका बाधा व्यवधान आउन सक्छन् । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुनाले घरायसि कामहरु थाति रहनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बोलीको प्रभाव बढ्ने हुनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यतित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । आफन्तजनबाट सुखद समाचार प्राप्त होला ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक कार्यमा सफलता प्राप्त होला । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथभाईको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ तर उपलब्धि हात लाग्छ ।
लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।