बुटवल । बुटवलको मिलनचोकमा रहेको बुटवकै पहिलो दश तले व्यवसायिक भवनमा बुटवल सिटी सेन्टर सञ्चालनमा आएको छ । उक्त सिटि सेन्टरमा सञ्चालन गरिएको स्तरीय होटल पार्म ईन्टरनेशलन र सिनेमा हल (क्यू बक्स सिनेमा प्राली)को बिहिबार औपचारिक उद्घाटन सिटि सेन्टर प्राली का अध्यक्ष महेन्द्रनाराण श्रेष्ठ गरेका हुन ।
पूर्वपश्चिम र उत्तरदक्षिणको संगम बुटवलमा आर्थिक कृयाकलापको लागि प्रचुर सम्भावना देखिएकोले बुटवल सिटी सेन्टर नाममा बहुउद्देश्यीय भवन निर्माण गरिएको बुटवल सिटी सेन्टर प्रालिका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले सिटी सेन्टरमा अन्तर्राष्ट्रिय सुविधा सहितको होटल सञ्चालन गरिएको र उक्त होटलमा स्वीट र मिनी स्वीट गरी ४२ वटा वातानुकुलित, आरामदायी कोठा छन् । त्यस्तै ३ सय जना क्षमताको सेमिनार हल, मल्टी कुजिन रेष्टुरेन्ट, नवौं तलामा द पेक लाउन्ज बार (रेष्ुटरेन्ट)सन्चालन आयको छ ।
त्यस्तै २ वटा क्यू बक्स इन सिनेमा हल राखिएको छ ।
एउटा हलमा १९६ वटा सिट छन् । अत्याधुनिक प्रविधियुक्त उक्त सिनेमा हलमा थ्रीडी डिभाईसमा समेत फिल्म हेर्न सकिनेछ । युरोपमा प्रयोगमा रहेको उत्कृष्ट पल्ज साउण्ड सिष्टम जडान गरिएको उक्त हलहरु विहिबार नै औपचारिक शुभारम्भ गरी सन्चालनमा आएको क्यू बक्स प्रा लीका अध्यक्ष धन बहादुर खत्रीले बताए । उहाँका शुक्रबार देखि सर्वसाधरणको लागी प्रदर्शनि खुल्ला गरिएको र दैनिक ४ शो सञ्चालन हुनेछन् ।
विहानी शोमा ५० प्रतिशत छुटको व्यवस्था छ भने अनलाईन टिकेटिङको पनि व्यवस्था गरिएको छ । ६५ करोडको लगानीमा सिनेमा हल, स्तरीय होटल र बैंकसहित सबै सेवा एकै ठाउँमा उपलब्ध गराउने गरी व्यवसायिक भवन बुटवल सिटी सेन्टर सञ्चालनमा ल्याएको हो । यो दश तले भवन बुटवलको सबैभन्दा अग्लो भवन हो ।
श्रेष्ठका अनुसार क्यासिनो, स्पा, स्वीमिङ पुल सहितका अन्य सुविधा समेत थप गरिएपछि लगानी एक अर्वभन्दा बढी पुग्ने बताए ।