spot_img
spot_img

कस्तो रहन्छ त आज तपाईंको समय? हेर्नुहोस् आजको राशीफल(२०७८/१२/११ गते)

Workplace

आज मिति २०७८ साल चैत्र ११ गते शुक्रबार। सन् २०२२  मार्च २४ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। चैत्र कृष्णपक्ष अष्टमी । मुल नक्षत्र। वरियान योग। बालब करण। धनु राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.०२, सुर्यास्त: साँझ ०६.१८ बजे।

मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) 
आजको दिन विभिन्न  क्षेत्रबाट लाभ प्राप्त होला। उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थीका लागि आजको दिन राम्रो रहेको छ ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) 
मनमा असन्तोष बढने छ । अनावश्यकरुपमा धनक्षय हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ ।

मिथुन  (का,की,कु,घ,ङ,छ,के,को,हा) 
आफन्त तथा इष्टमित्रबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।शत्रु सबल हुनेछन् ।

कर्कट  (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) 
पारिवारिक जमघटमा मिष्ठान्न भोजन प्राप्त हुने छ । स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ ।

सिंह  (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) 
रोकिएका कामहरु पुराहुनेछन् । मनले चिताएका काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 
प्रेमी प्रेमिकासंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
रोजगारी तथा व्यवसायमा घाटा हुन सक्नेछ । सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला ।  जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आकस्मिक धनप्राप्तिको योग छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफलता प्राप्त होला। आर्थिक दृष्टिकोणले आजको दिन सफल देखिन्छ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) 
पढाइमा सफलता मिल्ने दिन रहेको छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला ।यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  
आफन्तहरु संग झगडा हुनसक्छ । काम विग्रने खालको समयछ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ ।
लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

spot_img

भर्खरै