१ माघ २०८१, मंगलवार
spot_img
१ माघ २०८१, मंगलवार
spot_img

पार्टीका कार्यक्रममा खादा र मालाको तमासा नगरौं: ओली

spot_img

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यक्रमहरूमा खादा र मालाको प्रयोग धेरै नगर्न आग्रह गरेका छन्।

उनले मञ्चमा धेरै जना आसनग्रहण नगर्न पनि आग्रह गरेका छन्।केन्द्रीय कमिटी बैठकमा आज बोल्दै अध्यक्ष ओलीले धेरै जना नेतालाई आसनग्रहण गर्न जरूरी नहुने पनि बताए।

‘मञ्चमा किन आसनग्रहण गर्नुपर्‍यो। यो कुरा छाडौं,’ उनले भने, ‘प्रदेश कमिटीमै ५० जनाजति हुनुहुन्छ, आसनग्रहण नगरौं।’

उनले भरसक माला र खादाको प्रयोग नगर्न आग्रह गरेका थिए।

माला र खादाको तमासा नगरौं,’ उनले भने, ‘स्थानीय फूलहरू प्रयोग गरौं। फूलको माला प्रयोग गरौं।’

उनले नेता भनेको हाकिम नभएको बताए। उनले नेता तथा कार्यकर्तालाई हाकिम हुन छाड्नसमेत आग्रह गरेका छन्। ‘नेता भनेको खोपाको देउता होइन,’ उनले भने।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै