spot_img
spot_img

गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

Workplace

गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बुधबार दिँउसो ४ बजेको समयमा इस्मा गाउँपालिका १ छिनुवामा मोटरसाईकल अनियन्त्रित भई सडक देखी ५० मिटर तल खोलामा मोटरसाइकल दुर्घटना भएको हो ।

जिल्लाको सदरमुकाम तम्घासबाट सिमलटारी जाने क्रममा लु १२ प ३८०९ नं को मोटरसाइकल अनियन्त्रित भएको थियो । दुर्घटना हुदाँ मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका २ बस्ने अन्दाजी ५० वर्षिय रामबहादुर कुवँरको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

मोटरसाइकलमा सवार रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गाका ३९ वर्षिय रुद्र बहादुर वि.कको गुल्मी अस्पतालमा उपचार भईरहेको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

spot_img

भर्खरै