१ श्रावण २०८१, मंगलवार
spot_img
१ श्रावण २०८१, मंगलवार
spot_img
spot_img

प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकिमा दाहाल प्यानल विजयी

spot_img

काठमाडौँ — मंगलबार सम्पन्न भएको प्रजातन्त्रवादी प्राध्यापक संघ वाल्मीकि एकाइको अधिवेशनमा सहप्राध्यापक मुरलीधर दाहालको प्यानल विजयी भएको छ । मुकुन्द लामिछाने नेतृत्वको समूहलाई पराजित गर्दै दाहाल प्यानल विजयी भएको हो ।

समितिको उपाध्यक्षमा भवानीशंकर अधिकारी, सचिवमा रामप्रसाद पौडेल, सहसचिवमा शान्तरत्न बज्राचार्य र कोषाध्यक्षमा नारायण निरौला निर्वाचित भएका छन् ।
त्यस्तै समितिका सदस्यहरूमा ध्रुवप्रसाद भट्टराई, हीरानन्द तिमल्सिना, रामहरि कोइराला, चिन्तामणि भट्टराई, सुरेशराज पौडेल, नेत्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

यसैगरी, केन्द्रीय महाधिवेशन प्रतिनिधिको पनि चुनाव सम्पन्न भएको छ । जसअन्तर्गत दाहाल पक्षबाट १३ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा अच्युत लामिछाने, अर्जुनबाबु दाहाल, उमेशप्रसाद घिमिरे, कृष्ण रिजाल, गणेशप्रसाद घिमिरे, जयन्त आचार्य, धनेश्वर नेपाल, ध्रुवप्रसाद भट्टराई, नारायणप्रसाद बराल, रामहरि कोइराला, रोदना घिमिरे, शान्तिकृष्ण अधिकारी र सीताराम खतिवडा रहेका छन् ।

त्यसैगरी, लामिछाने प्यानलबाट चार जना निर्वाचित भएका छन्‚ जसमा ध्रुव ज्ञवाली, विमला शर्मा, शम्भुराज गौतम र डा. माधव पाण्डे रहेका छन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै