८ असार २०८१, शनिबार
spot_img
८ असार २०८१, शनिबार
spot_img
spot_img

गिरिजाप्रसाद कोइराला स्मृति दिवसको अवसरमा बिरामीलाई फलफुल

spot_img

सन्धीखर्क  । अर्घाखाँची अस्पतालमा रहेका सम्पुर्ण बिरामीलाई फलफुल बितरण गरीएको छ ।

जि पि कोईराला फाउन्डेसनको आयोजनामा गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीमा रहेका बिरामिहरुलाई फलफुल बितरण गरीएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले गिरिजाप्रसाद कोइराला प्रति श्रद्धाशुमन ब्यक्त गर्दै अस्पतालका सम्पुर्ण बिरामीहरुको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । साथै उनिहरुले अर्घाखाँची अस्पताललाई बिकास गर्न सबै आफ्नो स्थानबाट लाग्न समेत अनुरोध गरेका छन ।

फाउन्डेशनका अध्यक्ष लिलाधर बस्यालको सभापतित्व, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस जिल्ला सदस्य एंव प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै