रुपन्देही । नेपाल मुस्लिम संघ, रुपन्देहीको अध्यक्षमा सम्साद अहमद खाँन निर्वाचीत भएका छन्।
भैरहवामा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट खाँनको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
जसको उपाध्यक्षमा जाकिर हुसेन, सचिवमा सविर मिया, सहसचिवमा मोहम्मद सिद्धिकी र कोषाध्यक्षमा मुस्ताक अहमद चयन भएका छन्।
नयाँ कार्यसमितिमा चयन भएका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध रुपमा निर्वाचित भएका थिए।
तस्रो अधिबेशनको नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री अब्दुल रज्जाकले उद्घाटन गरेका थिए। नेपाली काग्रेसको भातृ संगठनको निर्वाचन हुन नसकिरहेका बेला मुस्लीम संघले भने निर्विरोध रुपमा निर्वाचन गरेर उदारणिय काम गरेको छ।