spot_img
spot_img

कस्तो रहन्छ त आज तपाईंको समय? हेर्नुहोस् आजको राशीफल(२०७८/१२/७ गते)

Workplace

आज मिति २०७८ साल चैत्र ७ गते सोमबार। सन् २०२२  मार्च २० तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। चैत्र कृष्णपक्ष तृतीया । स्वाती नक्षत्र। व्याघात योग। विष्टि करण। तुला राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.०८, सुर्यास्त: साँझ ०६.१५ बजे।

मेष  (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) 
व्यवसायवाट प्रसस्त आम्दानी होला । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ ।

बृष  (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) 
आजको दिन मन चन्चल रहने छ। व्यापारबाट हानी हुनेछ। शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

मिथुन     (का,की,कु,घ,ङ,छ,के,को,हा)
स्वास्थ्य सम्बन्धि समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । उपलब्धि विहिन अनावश्यक यात्राहरु हुनेछन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) 
मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ ।

सिंह  (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) 
कार्यमा सफलता मिल्ने योग छ। रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) 
अध्ययनको क्षेत्र सफल रहनेछ । कामहरु बन्दै जानेछन । मित्रहरु संग सुखद मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मनमा  अनावश्यक चिन्ता बढने छ । वादविवाद हुन सक्छ, सतर्क रहनु होला ।  जिवजन्तुको भए रहनेछ । अध्ययन अध्यापनको क्षेत्र फलदायी देखिदैन। आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) 
सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ  । अध्ययन तथा व्यवसायको क्षेत्र फलदायी रहनेछ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) 
आर्थिक  उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आफन्तहरुसंग झगडा हुनसक्छ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन अध्यापनको क्षेत्र त्यति राम्रो देखिदैन।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  
मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

spot_img

भर्खरै