ऋषिराम रानाभाट ,पोखरा- माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल, कर्णाली प्रदेशको आयोजनामा पेशागत मुद्धाको बर्तमान अवस्था र भावी रणनीतिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जुम प्रविधिको माध्यमबाट सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले हिस्टुनले उठान गरेका मुद्धाहरु शिक्षक महासंघका पनि मुद्धा भएको बताउँदै साविक उच्च माविमा कार्यरत ६ हजार शिक्षकहरुलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्न शिक्षा महासंघ सक्दो सहयोग गर्ने बताए । शिक्षक महासंघ साविक उच्च माविका शिक्षकहरुको समस्याहरुको वारेमा जानकार रहेको बताउँदै पेशागत आन्दोलनमा उत्साहीत भएर मुद्धालाई स्थापित गर्न लाग्नुपर्ने बताए ।
संघिय शिक्षा ऐन ल्याउनुपर्नेमा जोड दिंदै यसका लागि शिक्षा महासंघले दबाब दिने पनि बताए । विषयगत लाइसेन्स खोल्नुपर्ने बताउँदै सोही अनुसार आवश्यक ऐन हुने पर्ने र पाठयक्रमको पनि व्यवस्था हुनेपर्ने उनले बताए । सबै कार्यरत शिक्षकहरु स्थायी प्रकृयामा सामेल हुन पाउनुपर्ने कुरामा शिक्षा महासंघ सदैव साथ रहको विचार व्यक्त गरे । राज्यले अस्थायी शिक्षहरु मात्रै भर्ना गरेर स्थायी गर्न उदासिन भएका कारण
शिक्षा क्षेत्रमा समस्या भएको बताउँदै शिक्षा क्षेत्रका सबै समस्याहरुलाई समाधान गर्न नेपाल शिक्षक महासंघ तयार रहेको बताए ।
सोही अवसरमा माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल केन्द्रिय अध्यक्ष मण्डलका सदस्य पुष्प प्रसाद न्यौपानेले साविक उच्च माविका शिक्षहरुको समस्यालाई लिएर हिस्टुनले चरणबद्धरुपमा आन्दोलन गर्दै आएको बताउँदै शिक्षक महासँघसँग सरकारले गरेको ५१ बुँदे सहमती हुनु सकारात्मक भएको बताए ।
हिस्टुनले उठाएका विषयबस्तुलाई समेटेर संघिय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री, शिक्षामन्त्री र अर्थमन्त्री सकारात्मक भएको जानकारी दिंदै आगामी बजेटमा ४ हजार अनुदान कोटालाई दरबन्दीमा परिणत गर्ने अर्थमन्त्री जनार्दन शर्माबाट आश्वासन पाएको र ६ हजारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न हिस्टुन सरकारसँग लडिरहेको बताए । शिक्षा क्षेत्रमा भएका समस्यालाई सम्बोधन गर्नका लागि हिस्टुन र नेपाल शिक्षक महासंघ एक आपसमा मिलेर सरकारलाई दबाब दिनुपर्नेमा कुरामा जोड दिए ।
यसै गरि हिस्टुनका अध्यक्ष मण्डलका सदस्य बिक्रम पोख्रेलले साविक उच्च माविमा पढाउने शिक्षकहरुका मुद्धाका बारेमा सरकारलाई पटक पटक जानकारी गराइएको बताउँदै अहिले सम्म सरकारको तर्फबाट स्थायी प्रकृयालाई अगाढि नबढाई शिक्षकहरुका जायज मागलाई सरकारले उपेक्षा गरेको बताए । शिक्षा भनेको राष्ट्रको मेरुदण्ड भएको बताउँदै नेपाल शिक्षक महासँघसँग भएको ५१ बुँदे सहमती कार्यन्वयन हुने विश्वास व्यक्त ।
सोही अवसरमा हिस्टुन केन्द्रका वरिष्ट उपाध्यक्ष शत्रुधन मुखिया, हिस्टुन कन्द्रकै वरिष्ट उपाध्यक्ष कल्पना पनेरु, हिस्टुन केन्द्रका अर्का बरिष्ट उपाध्यक्ष गोकुल पाण्डे लगाएतका बक्ताहरुले सरकारले शिक्षकहरुको मुद्धालाई प्राथमिकतामा नराखेको बताउँदै साविक उच्च माविमा कार्यरत शिक्षकहरुलाई प्रक्रिया पूरा गरी स्थायी गर्नुपनेमा जोड ।
माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवम् केन्द्रका उपमहासचिव अनन्त राज पन्तले अन्तरक्रिया कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गर्दै कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कर्णाली प्रदेश हिस्टुनका उपाध्यक्ष प्रकाश चन्द्र शर्माले स्वागत गरेका थिए भने हिस्टुन सुर्खेतका उपाध्यक्ष प्रकाश शाहीले कार्यक्रम सञ्चालन गरेका थिए ।