१२ बैशाख २०८२, शुक्रबार
spot_img
१२ बैशाख २०८२, शुक्रबार
spot_img

ओलि देशको नेतृत्व गर्न असफल भैसके : कांग्रेस नेता पौडेल

spot_img

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको नेतृत्व गर्न नसक्ने प्रमाणित भइसकेको बताएका छन्।

स्याङ्जाको पुतलीबजारस्थित पार्टी कार्यालयमा आइतबार ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत वडाहरुमा खटाइएको टोलीका संयोजकको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

जनताले दिएको म्यान्डेडअनुसार झण्डै दुईतिहाइ प्राप्त सरकारलाई पाँच वर्ष टिकाउन नसक्दा ओलीले नेतृत्व गर्न सक्षम छैनन् भन्ने प्रमाणित भएको नेता पौडेलको दाबी थियो।

राजनीतिमा बारम्बार परीक्षण हुने मौका प्राप्त नहुने जिकिर गर्दै उनले अब जनता माझ गएर एमालेको मत माग्ने हैसियत नै नभएको टिप्पणीसमेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै