६ बैशाख २०८१, बिहीबार
spot_img
६ बैशाख २०८१, बिहीबार
spot_img
spot_img

अर्घाखाँचीमा ८४६ जना म्यादी प्रहरी भर्ना हुने

spot_img

अर्घाखाँची । अर्घाखाँची जिल्लामा ८ सय ४६ म्यादी प्रहरी भर्ना गरीने भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ का लागि आठ सय ४६ जना म्यादी प्रहरी भर्ना गरीने जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सुचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।

चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको र सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा गएर आवेदन दिन सकिने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

छनोटका लागि मापदण्ड समेत निर्धारण गरिएको छ । अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत सात हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी छ हजार रुपैयाँ, यातायात खर्चबापत रु एक हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

छनोट प्रक्रिया भने चैत १५ देखि प्रारम्भ हुने, नतिजा चैत २२ सम्म प्रकाशन गरिने र चैत २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै