काठमाडौं । एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन्। विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै उनले यसले देशमा विकास हुने दाबी गरे।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीका कारण देशमा रोजगारी बढ्ने र गरिबी हट्ने दाबी गरे। यसले अन्तर्राष्ट्रिय व्यापारसमेत बढ्ने उनको भनाइ थियो।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खाणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए।
सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको दाबी गरे।