spot_img
spot_img

संघिय सांसद र प्रदेश सांसदलाई प्रवेश गराउन ओली कपिलवस्तु आउने

spot_img

कपिलवस्तु ।  नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्राधानमन्त्री केपि शर्मा ओली चैत्र १४ गते कपिलवस्तुमा आउने भएका छन । बहालवाला संघिय सांसद , प्रदेश सांसद र सत्ता गठबन्धनका जिल्ला एवम माथिल्लो तहका नेता कार्यकर्ता सहित ८ हजार वढीलाई पार्टी प्रबेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लागेका हुन ।

अध्यक्ष ओली कपिलवस्तु आउने भएपछि पार्टी प्रबेश कार्यक्रमलाई ब्यवस्थित तुल्याउन एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक आज बुद्धभूमीमा बसेको छ ।बैठकले उक्त पार्टी प्रबेश तथा कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने योजना वनाएको छ ।

तौलिहवामा हुने पार्टी प्रबेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुनेगरी योजना बनाएको एमालले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटैतहमा यसपाली जित्ने आकलन गरेकोछ ।

बैठकलाई संवोधन गर्दै एमालेका केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले १४ गतेको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानमा एमालले पकड जमाउन सक्षम भएको सन्देश दिने बताए ।

उनले केन्द्रको नजरमा कपिलवस्तु पनि लालकिल्लाहो भन्ने छाप पार्न यो कार्यक्रम सफल हुने र कपिलवस्तुमा कांग्रेस र मधेसवादीदलको उपस्थिती इतिहासमा मात्र अंकित हुने बिश्वास प्रकट गरे ।

बैठकलाई अध्यक्षको आसनवाट संवोधन गर्दै अध्यक्ष डम्मर शर्माले हाल सम्म राजमार्गमा मात्र एमाले छ भन्नेहरुलाई एमाले अव सुठौली बैदौली चाकड चौडा र कृष्णनगरमा पनि बलियो छ भन्ने गरी सन्देश दिन १४ चैत्तको जनसभा सफल हुने ठोकुवा गरे ।

सो कार्यक्रममा संघिय सांसद बृजेश कुमार गुप्ता, प्रदेश सांसद धरम वहादुरलाल श्रीवास्तव सहित क्षेत्र नं २ र १वाट ५ हजार वढी अगुवा कार्यकर्ता एमालेमा प्रबेश गर्नेछन् ।

यस्तै कृष्णनगरवाट बरिष्ट समाजसेवि डा. रुद्र प्रताप शाह , शाह परिवारकै प्रभावशाली युवा समाजसेवि कुडाल प्रताप शाह सहित ३ हजार बढी कार्यकर्ता एमालेमा प्रबेश गर्ने अन्तिम तयारीमा छन् ।

नव प्रबेशीलाई टिका लगाएर पार्टीमा स्वागत गर्न स्वयम अध्यक्ष ओली दोश्रो पटक कपिलवस्तु आउन लागेका हुन । यस अघि समाजसेवि मंगल प्रसाद गुप्ता सहित ४ हजार वढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली ३ महिना पहिे कपिलवस्तु आएका थिए ।

एमाले कपिलवस्तुको जिल्ला कमिटी बैठक सचिव सिवि गहतराजको सहजीकरणमा भएको थियो । बैठकमा केन्द्रिय सल्लाहकार रामलाल काफ्ने ,प्रदेश कमिटी सदस्य शन्तिदेवि हरिजन र खुम प्रसाद आचार्यले मन्तब्य राखेका थिए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै