सन्धिखर्क । अर्घाखाँची जिल्लाको छत्रदेव गाउपालिका वार्ड नम्बर ६ ठुलापोखरामा नेपाली काङ्ग्रेसको भेटघाट तथा बृहत अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।
उक्त कार्यक्रम बोल्दै नेपाली काङ्ग्रेस अर्घाखाँची जिल्ला सभापति केशब श्रेष्ठले नेकपा एमाले न नर, न नारी केवल हिजडा पार्टी रहेको आरोप लगाएका छन । देशमा प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्र ल्याउने पार्टी नेपाली काङ्ग्रेस रहेको जनाएका छन ।
श्रेष्ठले नेकपा एमाले सचीव टोपबहादुर रायमाझीमा कुनै लाज नभएको जनाएका छन । १५ वर्षको अवधीमा टोपबहादुर रायमाझीले जिल्लामा विकास भन्दा बढी बिनास गरेको आरोप लगाएका छन ।
डाक्टर बाबुराम भट्टराईको भनाइलाई सापटी लिदै सभापति श्रेष्ठले न पोथी न भाले त्यो हो नेकपा एमाले भन्दौ व्यङ्ग्य समेत गरे ।
उनले आउदो स्थानीय निर्वाचनमा स्थानीय जनताको मर्मलाई बुझेर मात्र गठबन्धन गरिने जानकारी दिएका छन ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डाक्टर रामबहादुर बिसि जिल्ला सभापति केशब श्रेष्ठ ,जिल्ला कोषाध्यक्ष बिस्नु क्षेत्री जिल्ला सहसचिव कमल पौडेल ,काङ्ग्रेस महाधिवेशन प्रतिनिधि तारा प्रसाद श्रेष्ठ जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ लगायत स्थानिय नेता कार्यकर्ता हरुको सहभागीता रहेको छ ।
साभार नया प्रेस