सन्धिखर्क । ‘घर-घर जाउ कांग्रेस जिताउ’ भन्ने मुल नाराका साथ नेपाली कांग्रेसको अभियान देश व्यापी रुपमा सुरु भएको छ । यसै अभियान अन्तर्गत सनिवार सन्धीखर्क वडा नम्बर २ मा पार्टीका पुर्व सभापति कमल प्रसाद भुसालको प्रमुख अतिथ्यतामा अभियान सुभारम्भ भएको छ ।
अभियानमा खटिएका प्रतिनिधि जिल्ला बाट पुर्व पार्टी कोषाध्यक्ष हरि बहादुर खड्का , क्षेत्रबाट टोपेन्द्र बराली र नगरबाट शान्ता पन्थीलाई वडाले स्वागत समेत गरेको हो ।
अध्यक्ष कमल नेपाली , उपाध्यक्ष आकाश नेपाली , सचिव मनोज नेपालीको नेतृत्वमा ११ सदस्यीय वडा नेपाल दलित संघ गठन भएको छ भने चुत्राबेसी , मसाल बजार , घोचेखोला , भलाडाडा , रुब्दी , पल्लावारी , चौतारा , नेटा र धारिचौरमा टोल कार्य समिति गठन गर्ने समेत प्रस्ताव गरेका छन ।
उक्त कार्यक्रममा वडाका क्षेत्रीय प्रतिनिधि , वार्डका भातृ तथा सुभेक्षुक संस्थाका प्रमुख वा प्रतिनिधि , पत्रकार लगाएत वार्ड कार्यसमितिको बाक्लो उपस्थिति रहेको थियो।
अध्यक्षयता वडा सभापति बिनय नेपाली , स्वागत मन्तव्य बिष्णु नेपाली र सन्चालन वडा सचीव प्रकाश चुदालीको रहेको थियो ।