अर्घाखाँची । सन्धिखर्कको नगरपालिका द्वारा आयोजित तेस्रो उपमेयर कप २०७८ सन्धिखर्कमा सुरु भएको छ ।
प्रमुख अतिथि नगर प्रमुख कमल प्रसाद भुसालले ब्यानर वाचन र ब्याटिङ्ग गरेर उद्घाटन गरेका हुन ।
कृकेट संघका अध्यक्ष रिषि भट्टराई , पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल , चेम्बर अफ कमर्षका प्रवक्ता हरि भुसाल लगायत अन्य राजनीति दलका नेताहरुले आफ्नो सुभकामना मन्तव्य राखेका थिए ।
उक्त उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रसासकिय अधिकृत नारायण अर्याल , शिक्षा बिकासका प्रमुख मणिराम पराजुली , जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष , राजनीति दलका प्रमुख तथा प्रतिनिधि , १२ ओटै वार्डका अध्यक्ष , पत्रकार महासंघ अर्घाखाँची अध्यक्ष , उधोग बाणिज्य संघ , चेम्बर अफ कमर्सका , निर्माण ब्यवसायी संघ , यातायात ब्यवसायी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिकको अध्यक्षता , नगर प्रवक्ता लिला गौतमको स्वागत मन्तव्य र नगरपालिकाका कर्मचारी विशाल महतको संचालनमा सम्पन्न भएको हो ।