१३ बैशाख २०८१, बिहीबार
spot_img
१३ बैशाख २०८१, बिहीबार
spot_img
spot_img

साना दलले पनि आफ्नै चुनाव चिन्ह पाउने, चैत ६ भित्र विवरण पेश गर्न निर्देशन

spot_img

काठमाडौं ।  निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दललाई पनि आफ्नै चुनाव चिन्ह दिने तयारी गरेको छ।

बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको छ।

तर साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचनालगायत विवरण खुल्ने कागजात आयोगमा पेश गरिसक्नुपर्नेछ।०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। स्थानीय चुनावमा भाग लिनका लागि ७३ साना दल आयोगमा दर्ता भएका छन्। तर राष्ट्रिय मान्यताप्राप्त नगरेका साना दललाई स्वतन्त्र उम्मेदवारकै हैसियतको चुनाव चिन्ह दिने भएपछि विरोध हुँदै आएको थियो।

साथै दल दर्ता गर्दाका चुनाव चिन्ह मतपत्रमा राख्ने हो भने ती दलहरूले आफू सक्रिय रहेको जानकारी आयोगको केन्द्र र जिल्लास्थित निर्वाचन कार्यालयमा दिनुपर्नेछ।

आयोगले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आफ्नो दलको कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना छन् त्यो खुलाएर पठाउन भनेको छ। साथै विवरण तयार गरी दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरी चैत ६ गतेसम्म आयोगमा पेश गर्न निर्देशनसमेत दिएको छ।

आयोगमा विवरण नबुझाउने दललाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चिन्ह नै प्रयोग गर्न दिइने आयोगको भनाइ छ।

स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ राजनीतिक दलका उम्मेदवारलाई तत् तत् दलको निर्वाचन चिह्न दिने सन्दर्भमा केही शर्तसहित दलका जिल्लागत क्रियाशीलता र सङ्गठनको विवरण उपलब्ध गराउन निर्देशन दिइएको हो।

राष्ट्रिय दलका रुपमा नरहेका तर २०७४ सालको निर्वाचनमा भाग लिई निश्चित मत हासिल गरेका दललाई पुरानै निर्वाचन चिह्न दिनसक्ने अवस्था सिर्जना गर्न पहल र प्रक्रिया अघि बढाउने निर्णय भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

अन्तिम नामावली प्रकाशन हुन पूर्वनै जुनजुन जिल्लाको मतपत्र छापेर पठाउन पर्ने हो, ती जिल्लाका हकमा अहिले उक्त दलको सङ्गठन संरचना र क्रियाशीलता रहन्छ त्यसका आधारमा आकलन गरी चैत १० गतेभित्र मतपत्रको डिजाइन गर्न पर्ने भएकाले आयोगले दर्ता भएका ७३ दललाई संरचनासहितको विवरण माग गरेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै