spot_img
spot_img

होली पर्व र यसका विविध सन्दर्भहरु

spot_img

फाल्गुण शुक्ल पुर्णिमा अर्थात् होली पुर्णिमाका रुपमा मनाइने यो पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको महत्वपूर्ण चाड हो । होली रङ्गहरूको चाड हो ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले तराइ तिर यसलाई फगुआ पनि भनिन्छ ।

होलीको पौराणिक भनाइ अनुसार प्राचीन समयमा दैत्यराज हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रल्हादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन) जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रल्हादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् । तर प्रल्हादलाई केही भएन ।

होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । अर्को एक प्रसङ्ग अनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीहरूले जलाएर आपसमा रङ्ग र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको पौराणिक कथामा उल्लेख छ ।

होली पर्व रङ्गहरुसग जोडिएको छ। विभिन्न रङ्गहरु एक आपसमा लगाइ यो पर्व मनाइन्छ। नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरिले अधर्म नाशगर्न र धर्मको रक्षागर्न प्रत्येक युगमाअवतार लिदै आएको धार्मिक मान्यता छ । लोकहितका लागि विषपान गरेर महादेव नीलकण्ठका रुपमा रहेको कुरा शास्त्रमा पाइन्छ । त्यसैगरी पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो । गणेशजी हरेक रङ्ग मन पराउँथे । रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरुले रातो रंगको पहिरन लगाएकाहुन्। । अधिकांशलाई मन पर्ने रंग हो रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रुपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । रातो रंगलाई साहस र प्रेमको प्रतीकका रुपमा पनि लिइन्छ । रातो रंग मन पराउने मानिसहरु महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन्। । हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरु प्रकृतिलाई माया गर्ने खालका हुन्छन्। । उनीहरु झैझगडा पटक्कै मन पराउँदैनन्। । यो रंग मन पराउने मानिसहरुको आत्मविश्वास कम हुने विश्वास गरिन्छ । पहेलो रंगलाई भक्ति र धर्म परायणताका रुपमा लिइन्छ । यो रंग मन पराउने मानिसहरु धर्मकर्मप्रति बढी विश्वास गर्छन्। । होली हिन्दू धर्मावलम्बीहरुको चाड भएकाले यो रंगको विशेष प्रयोग हुन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी वैमनस्यलाइ बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै