१ माघ २०८१, मंगलवार
spot_img
१ माघ २०८१, मंगलवार
spot_img

कस्तो रहन्छ त आज तपाईंको समय? हेर्नुहोस् आजको राशीफल(२०७८/१२/३ गते)

spot_img

आज मिति २०७८ साल चैत्र ३ गते बिहिबार। सन् २०२२  मार्च १६ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। फाल्गुण शुक्लपक्ष चतुर्दशी । पुर्वफाल्गुणी नक्षत्र। शुल योग। वणिज करण। सिंह राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.१२, सुर्यास्त: साँझ ०६.१४ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक कारोबारमा मनग्गे फाइदा होला। परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आजको दिन स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। स्वास्थ्य प्रतिकूल रहनेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरुबाट पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मानसिक तथा शारिरीक समस्या आउनेछ । खानपिनका कारणले स्वास्थ्यमा समस्या आउन सक्छ । आँखामा समस्या आउन सक्ने छ।अनावश्यकरुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा आनन्दको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन अध्यापनमा पछि परिनेछ । नसोचेको ठाउँमा खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ। सामान्य स्वास्थ्य समस्या देखापर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै