१९ आश्विन २०८१, शनिबार
spot_img
१९ आश्विन २०८१, शनिबार
spot_img
spot_img

पल शाह प्रकरण : अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा

spot_img

काठमाडौं ।  एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका कलाकार पूर्णविक्रम शाह (पल शाह) माथिको अनुसन्धान फाइल सरकारी वकिल कार्यालय पुगेको छ। नवलपरासी पूर्वमा परेको जाहेरीको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा फाइल बुझाइएको प्रहरी स्रोतले जानकारी दियो ।

प्रहरीले बुझाइएको फाइल अध्ययन गरेर सरकारी वकिल कार्यालय नवलपरासीले बिहीबार जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ताको तयारी गरेको छ।

पीडित नाबालिगका पिताले बलात्कारको मिति तोकेर जाहेरी दिएपछि मुलुकी फौजदारी अपराध संहिताअनुसार एक वर्षको हदम्यादभित्रै मुद्दा दर्ता गर्नुपर्ने भएकाले सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गर्न लागेको हो। शाहविरुद्ध मुद्दा दर्ता गर्नुपर्ने हदम्याद चैत ६ गतेसम्म भएकाले बिहीबार नै मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

गत वर्षमा चैत ७ गते ती गायिकामाथि बलात्कार गरेको जाहेरीमा दाबी गरिएको थियो। शुक्रबार तराईमा होलीको सार्वजनिक बिदा र त्यसको भोलिपल्ट शनिबार भएकाले भोलि बिहीबार नै मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयको भनाइ छ।

यसअघि बलात्कार आरोपित शाहलाई पनि पेस गर्ने कि तनहुँ जिल्ला अदालतमा थुनामा रहेको जानकारीसहितको अभियोगपत्र पेस गर्ने भनी महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरेको थियो।

सरकारी वकिल कार्यालयले जबरजस्तीकरणीको आरोप लागेका शाहलाई पेस नगरी मुद्दा दर्ता गर्दा आइपर्ने कानुनी अप्ठ्याराका विषयमा राय मागेको थियो। महान्यायाधिवक्ता कार्यालयले जिल्ला अदालतका न्यायाधीशहरुको समन्वयमा अभियोगपत्र दायर गर्ने प्रक्रिया गर्न सुझाएको थियो। सोही अनुसार शाहविनै बिहीबार मुद्दा दर्ता हुन लागेको हो ।

यता तनुहँमा परेको जाहेरीको पनि अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। बलात्कार आरोपमा तनुहँ प्रहरीमा किटानी जाहेरी परेपछि फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। तनुहँमा बलात्कार कसूरको किटानी जाहेरी दर्ता गरेको चार दिनपछि शाह आफैं प्रहरीमा उपस्थित भएका थिए। त्यसपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको थियो। दोस्रोपटक १२ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै