१३ जेष्ठ २०८१, आईतवार
spot_img
१३ जेष्ठ २०८१, आईतवार
spot_img
spot_img

नेपाली कांग्रेस ढिकुरा वडा कार्यसमितिद्वारा १० वटा विद्यालयलाई स्वास्थ्य सामग्री

spot_img

पारस भट्टराई
अर्घाखाँची। नेपाली कांग्रेस ढिकुरा वडा कार्यसमितिले वडा भित्रका विद्यालयहरुमा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
भुमिकास्थान नगरपालीका वडा नम्बर-९, ढिकुरा वडा कार्यसमितिले वडा भित्रका १० वटा विद्यालयलाई मास्क, स्यानिटाईजर, ग्लब्स्, थर्मोमिटर, साबुन लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको वडा सचिव लक्ष्मण घिमिरेले जानकारी दिए ।

वडा भित्रका दुई मावी, १ निमावी र ७ आधारभुत विद्यालयहरुलाई १०० प्याकेट मास्क, १० बोत्तल स्यानिटाईजर, १० ओटा ज्वरो नाप्ने थर्मोमिटर, १० प्याकेट ग्लब्स्, ८० ओटा साबुन, १० ओटा फेस शिल्ड वितरण गरेको हो ।
स्वास्थ्य सामग्री अभावमा पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिएको नेपाली कांग्रेसका वडा सभापती तिर्थराज घिमिरेले जानकारी दिए ।

सामग्री प्रदान गरेकोमा विद्यालयहरुले पार्टीलाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।
कार्यक्रममा सभापती घिमिरे सहित उपाध्यक्ष बालकृष्ण शाही, सचिव लक्ष्मण घिमिरे, कोषाध्यक्ष डालविक्रम शाही लगायतको उपस्थिती रहेको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै