spot_img
spot_img

लोकसेवाले माग्‍यो तीन सय स्टाफ नर्स

Workplace

काठमाडौं ।  लोकसेवा आयोगले एकै पटक ३ सय जना स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले बुधबार जारी गरेको सूचनामा उल्लेख छ।

जसअनुसार खुलामा १६५, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिटमा आयोगमा दर्खार्त आव्हान गरेको हो।

आवेदकले आगामी चैत २२ भित्र नियमित र चैत २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्। आदेलक १८ वर्ष पूरा भई ४५ ननाघेको हुनुपर्नेछ।

परीक्षा दस्तुर ४०० र हरेक उपसमूहका लागि थप २ सय तोकेको छ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

spot_img

भर्खरै