१२ बैशाख २०८२, शुक्रबार
spot_img
१२ बैशाख २०८२, शुक्रबार
spot_img

कस्तो रहन्छ त आज तपाईंको समय? हेर्नुहोस् आजको राशीफल(२०७८/१२/२ गते)

spot_img

आज मिति २०७८ साल चैत्र २ गते बुधबार। सन् २०२२  मार्च १५ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। फाल्गुण शुक्लपक्ष त्रयोदशी । मघा नक्षत्र। धृति योग। तैतिल करण। सिंह राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.१४, सुर्यास्त: साँझ ०६.१२ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
तपाईंका शत्रुहरु पनि सहयोगी बन्नेछन् । हरेक निर्णयहरु तपाईकै पक्षमा आउने हुदा मन प्रसन्न हुनेछ । पढाई लेखाइमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको उच्च कदर हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय दिए अनुसार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जानेछ। दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।  परिवार तथा आफन्तबाट सहयोग प्राप्त हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । भौतिक सम्पति प्राप्तीको योग रहेकोछ भने बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आय आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । पुराना साथीभाइसगको भेटले मन प्रफुल्लित बन्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा समस्या आउन सक्छ । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफा कमाउन सकिनेछ ।टाढाका आफन्तजनहरुबाट शुभ समाचार प्राप्त होला।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पति पत्नीबीच सुमधुर सम्बन्ध रहने देखिन्छ । तरपनि बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
राजनिति तथा समाजसेवामा जनताको साथ पाईने  गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै