spot_img
spot_img

३ डिआइजी लाई एआईजिमा बढुवा गर्न गृहको सिफारिस

Workplace

काठमाडौं ।  गृह मन्त्रालयले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत वसन्तकुमार पन्त, केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत् धिरजप्रताप सिंह र प्रधान कार्यालय, कार्य विभागमा कार्यरत् रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

तीन एआइजीका लागि आधा दर्जनबढी प्रहरी नायब महानिरीक्षकहरू दौडमा थिए। आकांक्षीमध्येका उत्तम सुवेदी यो बढुवामा छुटेका छन्। वरियतामा सुवेदीभन्दा तल रहेका धानुक बढुवा सूचीमा अँटाएका छन्।

यसैगरी, ईश्वरबाबु कार्की, घनश्याम अर्याल, वसन्त लामा, गणेशबहादुर ऐरलगायत बढुवामा छुटेका छन्। राजनीतिक शक्तिकेन्द्रसँग नजिक रहेका व्यक्तिहरू बढुवामा अँटाएका छन्।

नेपाल प्रहरीमा पाँच जना एआइजी थिए। तीन जनाको बढुवा भइसकेका कारण अब आठ जना एआइजी हुनेछन्।

अहिले थपिएको दरबन्दीमा बढुवा भएका अधिकृतमध्ये सिंह भावी प्रहरी महानिरीक्षकको दौडमा छन्।

यसअघि एआइजीमा विश्वराज पोखरेल र सहकुलबहादुर थापा बढुवा भइसकेका छन्। उनीहरू स्वाभाविक रूपमा भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा छन्।

प्रहरी नियमावलीमा सरकारले उपयुक्त ठानिएको वरिष्ठतम् एआइजी वा उक्त ब्याचको जसलाई पनि महानिरीक्षक बन्ने ढोका खुला भएका कारण प्रतिस्पर्धा हुने ठानिएको हो।

बालुवाटार स्रोतका अनुसार पोखरेल र थापाको विकल्पमा तेस्रो व्यक्तिको खोजी भएकै कारण अहिले एआइजी दरबन्दी थपिएको हो।

अहिलेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, एआइजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरजबहादुर शाहीले २०७९ वैशाख १९ मा अवकाश पाउँदैछन्।

उनीहरूको अवकाशपछि एआइजी पोखरेल, थापासँगै अहिले बढुवा भएका एआइजीहरूबीच प्रहरी महानिरीक्षकको प्रतिस्पर्धा रहने छ।

प्रधानमन्त्री देउवाले पोखरेल र थापालाई नरूचाएका कारण दरबन्दी थपबाट आएका व्यक्तिलाई प्रहरी महानिरीक्षक उम्मेदवार बनाउन खोजिएको बुझिएको छ।

को कहिले बिदा हुन्छन्?

शैलेश थापा क्षत्रीको कार्यकाल सकिएसँगै अहिले रहेका तीन एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की अनिवार्य अवकाशमा जाँदैछन्।

उनीहरू अवकाशमा जाँदा भावी प्रहरी महानिरीक्षकमा पोखरेल, थापासँगै अहिले बढुवा भएकामध्ये एक जना प्रतिस्पर्धामा रहन्छन्।

तर, यदि पोखरेल महानिरीक्षक नभए उनी डिआइजी/एआइजीको ५६ वर्षे उमेर हदका कारण २०७९ साउन १९ मा अवकाशमा जान्छन्। पोखरेल प्रहरी महानिरीक्षक भए ११ महिना कुर्सीमा हुन्छन्।

उमेरका कारण एआइजी थापा भने पूरा कार्यकाल रहन्छन्, त्यो त्यही ११ महिना नै हो।

अहिले एआइजी सूचीमा बढुवा सूचीमा परेका पोखरेल र थापाकै ब्याचका सिंह ११ महिना नै कुर्सीमा बस्नेछन्।

तर, धानुक एआइजी बढुवा भए पनि २०७९ असोज ७ मा अवकाशमा जान्छन् उमेर हदका कारण।

एआइजीमा बढुवामा समेटिएका पन्त हालका आइजिपी क्षत्रीसँगै वैशाखमा अवकाशमा जान्छन्।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

spot_img

भर्खरै