spot_img
spot_img

फेसबुकमा जातीय विभेद हुने स्टाटस लेख्नेलाई अदालतले तोक्यो दुई महिना जेल

spot_img

काठमाडौं ।  जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई अदालतले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ।

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको छ।

मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको उच्च अदालत दीपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए।

पाण्डेलाई जिल्ला अदालत कैलालीले २०७७ मंसिर ३० गते पाँच सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत दीपायलले दुई महिना कैद फैसला सुनाएको हो।

पाण्डेविरूद्ध पतिराम सोबसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए।

‘जात करे उत्पात भनेको यही हो’ भन्दै वडलाई लक्षित गरी पाण्डेले सामाजिक सञ्जाल फेसबुक लेखेर जातीय विभेद गरेको आरोप लागेको थियो।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै