धनुषा – उच्च अदालत जनकपुरले मधेस प्रदेश सरकार लगायत ६ जनालाई छलफलका लागि बोलाएको छ । सोमबार मधेश प्रदेश सरकारविरुद्ध परेको रिटमाथि भएको बहसमा अदालतले सबै पक्षलाई चैत्र ८ गते छलफलका लागि बोलाएको हो ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जनकपुर आयुर्वेद औषधालय, औषधालयकी प्रमुख डा.सीमा झाासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । रामप्रवेश मण्डल र पुरनमल्ल ठाकुरले उनीहरुविरुद्ध रिट दायर गरेका थिए ।
जनकपुर आयुर्वेद औषधालयले नागरिक आरोग्य सेवा केन्द्रका लागि करार नियुक्त गर्ने भनी वैद्य पदमा गत माघ २५ गते विज्ञापन प्रकाशित गरेको थियो । सो विज्ञापनका आधारमा कम योग्यता भएका व्यक्तिलाई कानुन विपरित करारमा नियुक्त गरेको भन्दै मधेश सरकारसहितकालाई विपक्षी बनाई मुद्दा दर्ता भएको थियो ।