आज मिति २०७८ साल चैत्र १ गते मङ्गलबार। सन् २०२२ मार्च १४ तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। वसन्त ऋतु । श्रीशाके १९४३। फाल्गुण शुक्लपक्ष द्वादशी । अश्लेषा नक्षत्र। सुकर्मा योग। बालब करण। कर्कट राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.१५, सुर्यास्त: साँझ ०६.१२ बजे।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । उपहार प्राप्ति हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम रहेको छ। सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बौद्धिक कार्यमा सहभागि भइनेछ ।अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेममा दिनभर रमाइलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ। आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् भने व्यापार व्यावसायमा समय लगानि गरेपनि आम्दानि कम नै हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग पाइनेछैन। माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अध्ययन अध्यापनमा तपाईको नाम अग्र स्थानमा आउने हुनाले आत्मबल बढेर जानेछ । पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ। शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने छ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय मध्ययम रहेकोछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ भने धर्म कर्ममा ध्यान जानेछ । साथभाईको सहयोग पाइनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आश मारेको धन प्राप्त होला । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । लेखन कार्यमा सफलता प्राप्त होला।
लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।
