काठमाडौं । राप्रपाका प्रवत्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसको नाम अब मगन्ते कांग्रेस राख्न सुझाब दिएका छन् । राप्रपाले बर्दियामा आयोजना गरेको बिशाल सभामा बोल्दै शाहीले कांग्रेसलाई मगन्तेको संज्ञा दिएका हुन् ।
शाहीले कांग्रेस यो मुलुकको मगन्ते पार्टी रहेको बताएका हुन् । एमसीसी सम्झौता पास कांग्रेस र यसका नेताहरुले मुख्य भूमिका खेलेको भन्दै कांग्रेस प्रति आक्रामक भएका हुन् ।
एमसीसी पास हुने बेला कांग्रेसका माहामन्त्री गगन थापाले बोलेको अभिव्यक्तिलाई व्यंग्य गर्दै शाहीले भने – “गगन थापा ज्यु, अब चुनाबमा भोट माग्न जाँदा भन्नुस – हामीलाई सत्तामा पुर्याउनुस, चाइना संग ७० अर्ब, अमेरिकासंग ६० अर्ब र भारत संग ८० अर्ब माग्छौं र यो मुलुक बेच्छौं ।“