४ चैत्र २०८१, सोमवार
spot_img
४ चैत्र २०८१, सोमवार
spot_img

आगामी निर्वाचनमा एकजुट भएर जाने अर्घाखाँची गठबन्धन दलको निर्णय

spot_img

केशव ज्ञवाली
सन्धिखर्क । स्थानिय निर्वाचन नजिकिदै गर्दा अर्घाखाँचीमा सक्रिय दलहरुले एकजुट भएको सन्देश दिएका छन् ।

सन्धिखर्कमा पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापती केशब श्रेष्ठले यो एकजुट स्थानिय निर्वाचन देखि संघिय निर्वाचन सम्म हुने बताएका छन् ।

लोकतन्त्र स्थापनामा पत्रकारहरुको उल्लेख्य भुमिका रहेको स्मरण गर्दै उनले यो उपलब्धीको रक्षाको निम्ति थप चनाखो हुँदै कलम चलाउन समेत आग्रह गरेका छन ।

नेकपा एमाले सहिदको सपना साकार पार्नुको सट्टा ब्यक्तिबादी चिन्तनमा मग्न भएको आरोप पनि श्रेष्ठले लगाएका छन । अर्घाखाँचीमा जिल्ला स्तरका नेताहरुमा पनि अहंकार र घमन्ड कायम रहेको उनले बताए । यस्तै सम्मेलनमा बोल्दै माओबादी केन्द्रकी छमकुमारी खनालले ओलिको निरंकुशता र तानशाहको बिरुद्दमा सम्पुर्ण लोकतन्त्रमा बिस्वास राख्ने शक्तिहरु एकजुट भएर लागिपर्ने प्रतिवद्दता ब्यक्त गरिन ।

यस्तै जनमोर्चाका शेर बहादुर बि. सि. ले एमाले प्रतिगमन कार्यमा उद्दत रहेकोले जसरी पनि लोकतन्त्र रक्षा गर्न आफुहरु गठबन्धनमा लाग्नुपरेको स्पस्ट पारे ।

अन्य दलहरुका प्रतिनिधिहरुले पनि बिगतमा भएका गल्ती सच्चाउदै गाउँ तह देखि संघिय निर्वाचन सम्म एकै भएर लाग्ने प्रतिबद्दता जनाए ।

पत्रकार सम्मेलनमा जिल्लामा सक्रिय राजनितिक दलहरु नेपाल जनता पार्टी , राष्ट्रिय जनमोर्चा , माओबादी केन्द्र , एकीकृत समाजजबादी र नेपाली कांग्रेसका जिल्ला सभापति लगायतका नेताहरुको उपस्थिती थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • हाँस्यास्पद (24%)
  • दुःखी (5%)
  • अचम्मित (5%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै