२६ भाद्र २०८१, बुधबार
spot_img
२६ भाद्र २०८१, बुधबार
spot_img
spot_img

कुस्मा मदरसामा आयोजित जलसा भव्यताका साथ सम्पन्न : वक्ताहरुले दिए ईस्लामिक सन्देश

spot_img

नवलपरासी । पश्चिम नवलपरासीमा मुस्लिम समुदायको विशाल जलसा (धार्मिक प्रवचन) कार्यक्रम सम्पन्न भएको छ ।

मुस्लिम समुदायको सुधार र ईस्लामी सन्देश दिनका लागि पाल्हिनन्दन गाउँपालिका ३ मा अवस्थित मदरसा दारुल ओलुम अहलेसुन्नत ताजुल ओलुम कुस्माले शनिवार आयोजना गरेको जलसा भब्यताका साथ सम्पन्न भएको हो ।

जलसामा आफनो समुदायलाई ईसालामी सरियत कानुन अनुसार हिडन र ईस्लामी सन्देश दिन वक्ताहरुले आग्रह गरे । ईस्लाम धर्मको मुल्य मान्ता विपरित कुनै पनि काम नगर्ने र इस्लामी सांस्कृतिको संरक्षण र प्रवद्र्धन समेतमा मुस्लिमय समुदायले ध्यान दिन जरुरी रहेको वक्ताहरुले आग्रह गरे । वक्ताहरुले ईस्लाम धर्मको संरक्षण र प्रवद्र्धन गर्न सबै मुस्लिमहरु एकजुट भई लाग्न सुझाव दिदै आफनो धार्मिक रितिरिवाज र परम्परा अनुसार चाँडपर्व तथा कार्यहरु गर्न सुझाव दिएको मदरसाका शिक्षक मौलाना मुफ्ति नुरआलम अंसारीले जानकारी दिए ।

जलसा कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका भारतको उत्तर प्रदेश मउ जिल्ला बस्ने मौलाना मुफ्ति हाजी समसाद अहमद मिस्बाहीले ईस्लाम धर्म समाजिकता र मानवीयता संग बलियो सम्बन्ध रहेकाले यसको सन्देशलाई फैलाउन आवश्यक रहेको जिकिर गरे । जलसामा मौलाना सुफि सिद्दिक खान, मौलाना फजरे आलम, मौलाना नुरुल हसन नुरी, मौलाना हारुन मिस्बाही मुख्य वक्ताहरु रहेका थिए भने मौलाना कमाल अख्तर, मौलाना ईक्बाल अहमद फैजी, मौलाना समसाद अहमद नुरी सायर रहेका मदरसाका शिक्षक मौलाना फजलुर्रहमानले जानकारी समेत दिए ।

त्यस्तै शनिवारकै दिनमा दिउँसोमा भएका लेडिज जलसामा प्रमुख वक्ता आलेमा सिद्दिका बानु रहेकि थिईन । लेडिज जलसा कार्यक्रममा केरत र आलमियतको कोर्ष पढेर सकेका केहि छात्राहरुलाई दिक्षान्त (दस्तार) पनि गरिएको थियो । जलसमा हजार बढि मुस्लिम महिला पुरुषहरु जुटेको मदरसा व्यवस्थापन समितिका अध्यक्ष रमजान अंसारीले जानकारी दिइन । जलसामा आउने अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । जलसामा आउने भक्तजनहरुलाई खाना खुवाउने व्यवस्था पनि मिलाइएको थियो ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै