१ फाल्गुन २०८१, बिहिबार
spot_img
१ फाल्गुन २०८१, बिहिबार
spot_img

स्थानीय तहको निर्वाचनः अर्घाखाँचीमा ९६ मतदानस्थल

spot_img

भिम बिश्वकर्मा,
अर्घाखाँची । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि अर्घाखाँचीमा ९६ मतदानस्थल तय गरिएको छ ।

मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्लाका ६ वटा पालिकामा ९६ वटा मतदानस्थल तोकिएको हो । पाणिनी गाउँपालिकामा १४, मालारानी गाउँपालिकामा १२, छत्रदेव गाउँपालिकामा ११, भुमिकास्थान नगरपालिकामा १७, शितगंगा नगरपालिकामा २७ र सन्धिखर्क नगरपालिकामा १५ गरी जिल्लामा जम्मा ९६ वटा मतदान स्थल रहेको छन ।

निर्वाचनसम्बन्धी सहजीकरणको लागि जिल्लाका ६ वटै पालिकामा निर्वाचन फोकल पर्सन तोकिसकिएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ । साथै मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस सहित ६ वटै पालिकामा निर्वाचन अधिकृत तोकिने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रबि अर्यालले जानकारी दिए ।

उनका अनुसार फागुन १९ गते देखि २२ गतेसम्म दाबी विरोध, विवरण सच्याउन र नामावली हटाउन सबै स्थानीय तहमा पठाइएको र ती निवेदन कार्यान्वयन गरेर २६ गते निर्वाचन आयोगमा तथ्याङ्क पठाइ चैत १३ गतेभित्र अन्तिम नामावली प्रकाशित गरिनेछ ।

निर्वाचन कार्यालयले माघ २४ गतेसम्म ८४ हजार ५ सय ४३ महिला र ८४ हजार ६ सय ३३ पुरुष गरी कूल १ लाख ६९ हजार १७६ जनाको विवरण निर्वाचन आयोगमा पठाइएको अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै