१३ जेष्ठ २०८१, आईतवार
spot_img
१३ जेष्ठ २०८१, आईतवार
spot_img
spot_img

१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

spot_img

विराटनगर – १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको छ।

पक्राउ परेका दुबै जनाले ललाई फकाई गरी घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको मोरङ प्रहरीका प्रवक्ता एसपी जनार्दन जिसीले जानकारी गराए।

उनले घटनामा संलग्नलाई आफूहरूले १२ घण्टाभित्रै पक्राउ गरेकोसमेत बताए।  प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेको गम्भीर घाइते बनाएका थिए।

उनीहरूविरुद्ध प्रहरीले अदालतबाट समय लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न रहि जेल परेका अजय कैद भुक्तान गरी मंसिरमा मात्र छुटेका थिए।

गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो।शुक्रबार साँझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी नाबालिकाको शनिबार बिहान मृत्यु भएको थियो।

घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालिकाको अवस्था नाजुक थियो।

सुन्दरहरैंचा-७ का वडाध्यक्ष चैतन्य सिटौलाका अनुसार ती बालिका रक्ताम्य अवस्थामा फेला परेकी थिइन्।

‘बालिकाको यौनाङ्ग रक्ताम्य अवस्थामा भेटिएपछि विराटनगरको नोबेल अस्पतालमा उपचारका लागि लगिएको थियो,’ सिटौलाले भने, ‘उपचारका क्रममा शनिबार बिहान मृत्यु भयो।’

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (50%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै