बुटवल । रुपन्देहीको बुटवलस्थित लगइन एजुकेशनमा नेपाल बैंक लिमिटेडको तयारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुटवल ३ गोलपार्कमा रहेको लगइन एजुकेशन एण्ड टेक्निकल नेटवर्कमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल वैंक लिमिटेडको तयारी कक्षा लिन इच्छुक विद्याथीहरुलाई मध्यनजर गर्दै गरिएको अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय वाणिज्य वैंक सु.ब भैरहवा शाखाका शाखा प्रमुख हिम खनालले नेपाल वैंक लिमिटेडमा रामो करीयर रहेको र तिव्र प्रतिस्प्रधा रहेकोले नयाँ ढङ्गबाट जुट्नुपर्नै बताए । साथै, उक्त कार्यक्रममा निजामति क्षेत्रका कर्मचारीहरु, नेपाल वैंक लिमिटेडका कर्मचारीहरु पनि उपस्थिति सँगै अनुभवहरु शेयर गरेका थिए ।
अभिमुखिकरणमा ६० भन्दा बढी विद्याथीहरुको उपस्थिती रहेको थियो । नेपाल वैंक लिमिटेडको तयारीमा बसेका विद्याथहिरुको माग अनुरुप कार्यक्रम गरिएको र फागुन ३० गतेबाट निरन्तर रुपमा नेपाल वैंक लिमिटेडका कक्षाहरु सञ्चालन हुने सञ्चालक अर्जुन खनालले जानकारी दिए ।
कार्यक्रमको एजुकेशनका सञ्चालक अर्जुन खनालको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन माया घिमिरे ले गरेकी थिइन । साथै, यस सञ्चालक खनालले तयारीमा जुटेका विद्यार्थीहरुलाई यहि फागुन २७ र २९ गते भर्ना हुनेलाई तोकिएको शुल्कमा १५ प्रतिशत छुट दिने जानकारी गराए ।
