२१ मंसिर २०८०, बिहीबार
spot_img
२१ मंसिर २०८०, बिहीबार
spot_img
spot_img

राजनीति दुई धारमा बाँडिएको छ, हामी चुनावबाटै ठेगान लगाउँछौ : ओली

spot_img

युवराज श्रेष्ठ
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावबाटै ठेगान लगाइदिने चेतावनी दिएका छन्।

पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले यसका लागि सडक आन्दोलन र बलिदान गर्नुपर्ने अवस्था नरहेको बताए ।

‘देशको राजनीति बिगार्न नदिन बलिदान, रगत बगाउने होइन, सडकमा गइराख्नुपर्ने अवस्था पनि छैन,’ ओलीले भने, ‘हामी निर्वाचनबाटै ठेगान लगाउन सक्छौं, किनकि, महान जनताको साथ हामीलाई छ।’

राजनीति दुई धारमा बाडिएको भन्दै उनले सत्यको संवाहक हुन संचारकर्मीलाई आग्रह गर्दै ओलीले आफूहरू देशको पक्षमा रहेको दाबी गरे।

‘राजनीतिक शक्ति अहिले दुई धारमा बाँडिएको छ, एउटा लोकतन्त्रको पक्षमा अर्को मुद्दा मामिला, झुट, जाली, फटाहाको पक्षमा छन्,’ उनले भने, ‘तपाईँहरू सत्यको संवाहक बन्नुस्।’

ओलीले आफूहरू लोकतन्त्र, देशभक्त, गुमेको भूमी फिर्ता लिने र राष्ट्रिय स्वाभिमानको पक्षमा रहेको दाबी गरे।

अर्को प्रसंगमा उनले सर्वोच्च अदालतको परमादेशले ५ वटा बाच्छा जन्माएको टिप्पणी गरेका छन्। पाँच दलीय गठबन्धनप्रति लक्ष्य गर्दै उनले भने, ‘संसदले सरकार बनाउने र भत्काउने गर्छ, त्यो काम जनप्रतिनिधिको काम हो, गोरू ब्याउँदैन भन्थे, नेपालमा ब्यायो, पाँच वटा पाठा पायो, जुन गठबन्धन भन्ने छ।’

उनले आफू नेतृत्वको सरकार असंवैधानिक तरिकाले हटाएकोसमेत दाबी गरेका छन्। ‘केपी ओलीको सरकार ढाल्नु नै थियो, न्यायाधीशको के विगारिदिएथ्यो त्यो सरकारले,’ उनले भने, ‘पूर्वाग्रह, विकास विरोधी षडयन्त्र भयो, संविधान भन्दा बाहिर गएर सरकार ढालियो ।’

आफू नेतृत्वको सरकार प्रगतिशील भएको समेत उनले दाबी गरे ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (33%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (33%)
  • आक्रोशित (33%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

spot_img

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै