आज मिति २०७८ साल फाल्गुण २६ गते बिहिबार। सन् २०२२ मार्च १० तारिख । नेपाल संवत् ११४२ । राक्षस नाम संवत्सर । सुर्य उत्तरायण। शिशिर ऋतु । श्रीशाके १९४३। फाल्गुण शुक्लपक्ष अष्टमी/नवमी । रोहिणी नक्षत्र। प्रीति योग। विष्टि करण। वृष राशीमा चन्द्रमा। सुर्योदय: बिहान ०६.१९, सुर्यास्त: साँझ ०६.१० बजे।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तजनबाट सुखद समाचार प्राप्त होला । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यतित गर्न सकिनेछ । परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाई लेखाईमा राम्रो प्रगति भएर जानेछ भने प्रतिस्पर्धामा सफलता प्राप्त हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्यशैलीको सबैले प्रशंसा गर्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको साथ र सहयोग पाइने हुनाले नया काम गर्ने अवसर आउनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको साथ र सहयोग पाइने हुनाले नया काम गर्ने अवसर आउनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सामाजिक काममा विभिन्न किसिमका बाधा व्यवधान आउन सक्छन् । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुनाले घरायसि कामहरु थाति रहनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बोलीको प्रभाव बढ्ने हुनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवनसाथीको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आर्थिक अभावमा बिभिन्न अवसरहरु गुम्नेछन् । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा अबिश्वास बढ्नेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ तर उपलब्धि हात लाग्छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पहिले गरिएका लगानिबाट आम्दानि हुन थाल्नेछ भने नया ठाउमा लागनि गर्ने बाताबरण बन्नेछ । शिक्षा तथा बौद्धिकताको प्रयोग गरि क्षमता बढाउन सकिने छ। प्रेममा सफलता हात लाग्ला।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफन्तजनको साथ र सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । आफ्ना गुरु तथा अग्रजहरुको आशिर्बाद पाईने हुदा मनमा एक किसिमको उमङग पैदा हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सामाजिक कार्यमा सफलता प्राप्त होला । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आजको दिन आर्थिक क्षेत्रमा सफलता हात लाग्ला। बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ ।
लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।