spot_img
spot_img

तरुण दल कांग्रेसको हत्तियार मात्रै होइन, भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल

Workplace

दमौली । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।

नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हत्तियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका हुन् ।

उनले, सुसंस्कृती तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन कांग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए ।
पौडेलले भने, विधि पद्धत्तिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ ।

उनले कांग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।

Workplace
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img

लाेकप्रिय

spot_img

भर्खरै