बुटवल । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिमा विकास बैंकले रुपन्देहीको कोटिहवामा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकको तिलोत्तमा नगरपालिका-१५ स्थित कोटिहवा शाखाले कोटिहवा आसपासमा करीब एकसय दस उद्योगी/व्यापारी सँग साक्षरता कार्यक्रम गरेको शाखाका प्रबन्धक दिपिन डोटेलले बताए ।
डोटेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत आमसर्वसाधारणलाई ज्ञान बढाउने, अनलाइन मोबाईल बैंकिङ्ग लगाएतको महत्त्वको विषयमा साक्षरता कार्यक्रम गरेको बताए ।
यस्तै, शाखाका कर्जा ईकाई प्रमुख मधु शर्माले उद्योगी ब्यवसायीमा डिजिटल प्रविधिको प्रयोगमा पहुँच पुर्याउन विभिन्न गतिविधिहरु नियमित सञ्चालन गरिने बताए । बैंकका हाल देशभर १२० वटा शाखा कार्यालय रहेका छन् ।