सन्धिखर्क । ११२ औं अन्तर्राष्ट्रिय नारिदिवस एक कार्यक्रमका बिच वि पि स्मृती भवन सन्धिखर्कमा मनाईएको छ ।
नेपाल महिला संघ सन्धिखर्क नगरपालिका वडा नम्वर १ को कार्य समितिले आयोजना गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कांग्रेस जिल्ला सभापती तथा प्रमुख अतिथि केशव श्रेष्ठले महिलाहरुको हक अधिकारका निम्ति आफू लागिपर्ने बताए ।
सबैको अधिकार प्राप्तिका निम्ति काङ्ग्रेस पार्टी लागिपरेको बताउदै सभापति श्रेष्ठले नारी दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भन्डारी, महाधिवेशन प्रतिनिधि छमा कार्की, लक्ष्मी श्रेष्ठ, शारदा भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नारी दिवसको अवसरमा जिल्लाभर वडातहमा नेपाल महिला संघले विभिन्न कार्यक्रम गरि मनाईएको थियो ।